नेपाली राजदुताबास मलेसियाले कन्सुलर सेवा सिबिर तथा अन्तरक्रिया कार्यक्रम गर्ने

0
102

साजन शर्मा, मलेसिया ।
नेपाली राजदुताबास मलेसियाले क्वालालम्पुर भन्दाबाहिर विभिन्न राज्यमा रहेका नेपाली हरुलाई दुताबास बाट प्रबाह गरिने सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने उदेश्यले यहि महिनाको २१ तारिक आइतबारको दिन मलेसियाको तेरेंगानु राज्यमा एकदिने कन्सुलर सेवा सिबिर तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त दिनमा नेपाली राजदुताबास मलेसियाले राहदानी नविकरण आबेदन, राहदानी हराएको नया राहदानी आबेदन, यात्रा अनुमति पत्र, श्रम सम्बन्धि गुनासो सुनुवाई जस्ता सेवाहरु प्रवाह गर्न लागेको हुदा उक्त कार्यक्रममा सहभागी हुन त्यस क्षेत्र र आसपासमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई नेपाली राजदुताबास मलेसियाले हार्दिक अनुरोध गरेको छ । साथै त्यहाँस्थित नेपाली संघसंस्थाको प्रतिनिधि लाई आबस्यक सहयोग गरिदिनुहुन समेत अनुरोध गर्दै नेपाली राजदुताबास मलेसियाले एक बिज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्