एनआरएन मलेसियाको नया सदस्यता खुला

0
38

इश्वर राई । मलेसिया

गैरआवासीय नेपाली संघ मलेसियाले पंजीकृत तथा नयाँ सदस्यता आवेदन खुला गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै यहि १४ अप्रिल २०१९ -वैशाख १_ देखि २५ जुलाई २०१९ सम्मको लागि नयाँ सदस्यता खुल्ला गरिएको छ ।

सदस्यता लिनको लागि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा रहि नयाँ सदस्यता आवेदन दिनुपर्नेछ । सदस्यता शुल्क आरएम ५० लिने निर्णय गरिएको छ ।

वारा र पर्सा जिल्लामा एनआरएनए मलेसियाद्धारा सहयोग

एनआरएन मलेसियाले प्रदेश नम्वर २ को वारा र पर्सा जिल्लामा ३० जना भन्दा बढीको मृत्यु र सयौं घाईते, जनधनको क्षति भएको उक्त क्षेत्रमा गैर आवासीय नेपाली संघ मलेसियाले रु १,००००० (एक लाख रुपियाँ) सहयोग प्रदान गरिएको छ ।

यसैगरी (Vesak Day) बद्ध जयन्तीको अवसरमा नेपाली दूतावास मलेसिया, विभिन्न क्रियाशिल संस्थाहरुको सहकार्यमा शान्ति पदयात्रा गरी भव्यताको साथ मनाउने निर्णय गरिएको एनआरएन मलेसियाका महासचिब सुन्दर आलेले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्