मलेसियाका सामाजिक संस्थाद्वारा हावाहुरी पीडितलाई आर्थिक सहयोग

0
41

साजन शर्मा

मलेसिया । गत चैत्र १७ गते आइतबार साँझ आएको बिध्वंसकारी हावाहुरीबाट बारा र पर्सामा ठूलो रुपमा धन जनको क्षति भएको थियो।

उक्त हावा हुरीमा पीडित परिवारहरुलाई राहत पुर्याउने उद्देश्यले मलेसियामा क्रियासिल रहेका विभिन्न सामाजिक संघ संस्थाद्वारा संकलित सहयोग रकम आज दिउँसो मलेसियाका राजदुत उदयराज पाण्डेलाई हस्तान्तण गरिएको छ।

उक्त राहत संकलन नेपाल व्यवसायी समाज मलेसिया, नेपाल आदिबासी जनजाति महासंघ मलेसिया, सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, नेपाली जनजाति पत्रकार महासंघ मलेसिया, दोलखा सेवा समाज मलेसिया, खोटाङ्ग सेवा समाज मलेसिया, किरात राई यायोख्या मलेसिया, नेपाल मगर संघ मलेसिया र तामांग समाज मलेसिया द्वारा सामुहिक रुपमा एकलाख एकहजार रुपैया नेपाल दुतावास मलेसियाको मातहत द्वारा प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरी सहयोग हस्तान्तरण गरिएको छ।

राहत संकलन अभियानका सक्रिय सदस्य बिपिन राईले मलेसियाका सामाजिक संस्थाहरुद्वारा यस्ता किसिमका सहयोग तथा उद्धार कार्यले पीडित हरुलाई सहयोग पुर्याउदै आएको र आगामी दिनमा पनि आवश्वक परेको खण्डमा सहयोग गर्ने बताउदै यस राहत रकमले पीडितहरुको उद्धार कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गरेका थिए।

साथै यो अभियानको प्रशंसा गर्दै यस किसिमको कार्यहरु गर्नु हाम्रो दायित्व हो तर सहयोग रकमहरु संकलन गर्दा पारदर्शी हुनुपर्नेमा जोड दिदै हरेक सकारात्मक कार्यमा नेपाली दुतावास मलेसियाको सदैब साथ र सहयोग रहने राजदुत पाण्डेले प्रतिबद्ता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्