अप्रील १० देखि मलेसियामा हुने यु-१९ बिश्वकप छनोट प्रतियोगिताको लागि नेपालि यु-१९ मलेसियामा

0
104

साजन शर्मा, मलेसिया ।
यहि अप्रील १० देखि मलेसियामा हुने यु-१९ बिश्वकप छनोट प्रतियोगिताको लागि नेपालि यु-१९ मलेसिया आई पुगेको छ । भारतमा ६ अभ्यास खेल खेलेको १८ सदस्यीय टोलिको प्रदर्शनको आधारमा १४ सदस्यीय टोलि मलेसिया आई पुगेको हो । प्रमुख प्रशिक्षक बिनोद दास सहितको छनोट टोलिले सार्वजनिक गरेको १४ सदस्यीय टोलिमा रोहितकुमार पौडेल (कप्तान), अभिशेक बस्नेत, भिम सार्की, हरी बहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, पवन सर्राफ, रसिद खान, मोहम्मद आसिफ शेख, प्रतिश जिसी, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सुर्या तामाङ रहेका छन साथै रिजर्ब खेलाडीमा आकास चन्द, लोकेस बहादुर बम, रभी कुमार साह, सेर मल्ल रहेका छन् ।
छनोट प्रतियोगितामा नेपाल सहित कुवेत, मलेसिया, युएई, ओमन र सिङ्गापुर समावेश छन । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने यु-१९ बिश्वकपमा स्थान पाउने छ !

प्रतिक्रिया दिनुहोस्