मलेसियाको जोहोर बारुमा विभिन्न संघ संगठन हरुको संयुक्त आयोजनामा नेपाली नया बर्ष २०७६ सालको शुभकामना आदानप्रदान हुने

0
89

साजन शर्मा, मलेसिया ।
मलेसियाको जोहोर बारुमा क्षेत्रमा रहेको विभिन्न गैरआवासीय संघ संगठन हरुको संयुक्त आयोजनामा नेपाली नया बर्ष २०७६ सालको शुभकामना आदानप्रदान लगायत नेपाली राजदुतावास मलेसियामा भर्खरै नव नियुक्ति हुनुभएका महामहिम राजदुत उदयराज पाण्डे ज्युको स्वागत कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रमका आयोजक संघसंगठन हरुमा गैर आवासीय नेपाली संघ NRNA जोहोर, सुदुर पस्चिमेलि नेपाल समाज जोहोर, साहित्यिक चौतारी नेपाल मलेसिया साखा, नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय साखा जोहोर, मगर साँस्कृतिक संघ मलेसिया ,नेपाल मगर संघ क्षेत्रीय कमिटी जोहोर मलेसिया , काभ्रे कल्याणकारी समाज मलेसिया क्षेत्रीय कमिटी जोहोर, नेपाल प्रबासी तमाङ युवा मञ्च मलेसिया ,नेपाल जनप्रगतिसिल मोर्चा जोहोर, जनप्रगतिशिल मञ्च जोहोर लगायत पि टि पि नेपाली समाज जोहोर को संयुक्त सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको नेपाल प्रबाशी तामाङ युवा मञ्च मलेसियाको महासचिव दिनेश थिङ्ग तामाङले जानकारी दिनु भएको छ।

उक्त कार्यक्रममा जोहोर बारु मा रहेको विभिन्न संघसंगठन नेतृत्व गरेका जनप्रतिनिधि, श्रमिक अगुवा, व्यावसायि, लगायत विभिन्न ब्याक्तित्व हरुको उपस्थिति रहने छन भने स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहेने छ ।

प्रतिक्रिया दिनुहोस्