नेपाली दुताबास मलेसियाको सक्रियतामा एक नेपालीको उद्धार

0
91

साजन शर्मा, मलेसिया।  बिगत लामो समय देखि पक्षघात भई उपचाररत रहनु भएका संगरुम्बा-२, ईलाम निबासी भिम बहादुर राई नेपाली दुताबास मलेसियाको पूर्ण सहयोगमा सम्पूर्ण प्रक्रिया पुरा गरि स्वदेस फर्कनु भएको छ । नेपाली दुताबासका कर्मचारीले हिजो वहाको निवासमै पुगेर उद्धार गरि एयरपोर्ट सम्म पुर्याएको थियो ।
भिम बहादुर राई बिगत लामो समयदेखि मलेसियामा कार्यरत हुनुहुन्थ्यो । दूतावासले आपत बिपत्तिमा परेका नेपाली श्रमिकहरु लाई राज्यकोषको बजेट बाट नेपाली श्रमिकहरुलाई सुरक्षितका साथ घर पठाउने बाताबरण मिलाएको हो । साथै दुताबासले नेपाली श्रमिक जो अबैधनिक मलेसियाको जेलमा परेका जो कोही ब्याक्तीहरुलाई म निकालेर घर पठाई दिन्छु भन्दै घरको फोन नम्बर मागेर ठगी गर्ने दलालहरु धेरै सख्यामा भएकाले यस्ता कुरा बाट जोगिनु र नेपाल बाट पनि पीडित को आफन्तले सिधै नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्