सरकारको २५ वर्षीय योजना सार्वजनिक

0
107

सरकारले २५ वर्षको सपना सार्वजनिक गरेको छ । पञ्च वर्षीय योजनासँगै दीर्घकालीन विकास योजना छलफलको लागि सार्वजनिक गरेको पन्ध्रौं योजनाको आधार पत्रको मस्यौदामा सरकारले २५ वर्षे स्वर्णीम नेपालको परिकल्पना गरेको हो ।

सो परिकल्पना अनुसार सरकारले अबको २५ वर्षमा निरपेक्ष गरिबी शून्यमा झार्ने लक्ष्य लिएको छ ।  राष्ट्रिय विकास परिषद् बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब को एक वर्षमा कुनैपनि नेपाली बालबालिका विद्यालय जानबाट बञ्चित नहुने प्रतिबद्धता व्यक्त गरे । झण्डै सय खर्बसम्मको परियोजनाहरु सहित आउन लागेको पञ्चवर्षीय योजनाले केवल पञ्चवर्षीय योजना मात्रै नबोकी २५ वर्षको दीर्घकालीन योजना बोकेर अघि बढेको राष्ट्रिय योजना आयोगले जनाएको छ । परिषद् बैठकमा ओलीले आफ्नो सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली अभियानबाट कुनै पनि नेपाली बेरोजगार समेत हुन नपर्ने दाबी समेत गरे ।

परिषद्को बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको केही वर्षमा कुनैपनि नेपाली विदेश जानै नचाहने दाी समेत गरे । विदेशमा भन्दा आकर्षक रोजगारी अब केही वर्षभित्र नेपालमा नै आउने भन्दै उनले सरकारलाई रेमिट्यान्सको लोभ नभएको स्पष्ट समेत पारेका छन् ।   २० वर्ष पछि अर्थात् सन् २१०० सम्म सरकारले हाँसिल गर्ने विकासको सूचकहरु तल प्रस्तुत गरिएको छ ।

राष्ट्रिय लक्ष्य एकाइ आव २०७४/ ७५ आव २१००
आर्थिक वृद्धिदर (औषत) प्रतिशत ५.९ १०.५
कूल गार्हस्थ उत्पादनमा कृषि तथा वन क्षेत्रको योगदान प्रतिशत २७ दशमलव ६
कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान प्रतिशत १४ दशमलव ८ ३०
कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान प्रतिशत ५७ दशमलव ६ ६१
प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर १०१२ १२१००
निरपेक्ष गरिबी प्रतिशत १८ दशमलव ७
आम्दानीको माथिल्लो १० र तल्लो ४० प्रतिशत जनसंख्याको अनुपात अनुपात १ दशमलव ३ १ दशमलव १
बहु आयामिक गरिबी प्रतिशत २८ दशमलव ६
श्रम शक्ति सहभागिता दर प्रतिशत ३८ दशमलव ५ ७२
बेरोजगारी दर प्रतिशत ११ दशमलव ४
रोजगारीमा ओपचारिक क्षेत्रको हिस्सा प्रतिशत ३६ दशमलव ५ ७०
विद्युत पहुँच प्राप्त परिवार प्रतिशत ९० दशमलव ७ १००
राष्ट्रिय र प्रादेशिक लोक मार्ग किमी ६९७९ ३३०००
द्रूत लोकमार्ग किमी २०००
रेल मार्ग किमी ४२ २२००
इन्टरनेट प्रयोगकर्ता प्रतिशत ५५ दशमलव ४ १००
अपेक्षित आयु वर्ष ६९ दशमलव ७ ८०
मातृ मृत्युदर(प्रति लाख जीवित जन्ममा) जना २३९ २०
साक्षारता दर (१५ वर्य माथि) प्रतिशत ५८ ९६
मानव विकास सूचकांक सूचकांक ०दशमलव ५७४ ० दशमलव ७६०
प्रतिक्रिया दिनुहोस्