अस्ट्रेलिया को अल्बरिमा सडक दुर्घटना भइ घाइते भएका बलराम पराजुली को निधन

0
123

अस्ट्रेलिया को अल्बरिमा गएको बिहिबार सडक दुर्घटना भइ घाइते भएका बलराम पराजुली को पनि निधन भएको छ ! अस्ट्रेलिया को अल्बरीमा पाच जना नेपालि युवाहरु सवार गाडी दुर्घटना भएको थियो जसमा एकजना को घटना स्थल मै मृत्यु भएको थियो अरु ४ जना को अस्पताल मा उपचार भैरहेको थियो उपचार्थ बलराम पराजुली को उपचार को क्रम मा निधन भएको हो ! गाडीमा सबार ५ जना मध्ये मृत्यु हुने को संख्या २ पुगेको छ !

पराजुलीले उक्त गाडी चलाइरहेका थिए भने अघिल्लो सिटमा आर्यन आचार्य रहेका थिए । आर्यन आचार्यको घटनास्थलमै मृत्यु भएको थियो भने पराजुलीलाई उपचारको लागि अल्बरी अस्पताल लगेपछि त्यहाँबाट थप उपचारको आवश्यकता रहेको भन्दै क्यानबेरास्थित अस्पतालमा लगिएको थियो । पराजुलीको निधन मंगलबार साँझ भएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आफ्नो आधिकारिक पेजमार्फत हिजो मंगलबार साँझ उपचार गराइरहेका पराजुलीको निधन भएको जनाएको छ ।

दूतावासले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । नेपालमा रहेको परिवारका सदस्यहरुसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्