डिफेन्डिङ च्याम्पियन चेन्नेई सुपर किङ्गस मुम्बई ईन्डियन्ससङ्ग ३७ रनले पराजित

0
68

भारतमा जारी १२ औं सिजनको आईपिएलमा सुरुवाती ३ खेलमा शतप्रतिशत जित निकाल्दै अपराजित रहेको डिफेन्डिङ च्याम्पियन चेन्नेई सुपर किङ्गसले पहिलो हार बेहोरेको छ ।

बुधबार सम्पन्न खेलमा चेन्नेई मुम्बई ईन्डियन्ससङ्ग ३७ रनले पराजित भएको हो ।

मुम्बईले जितको लागि दिएको १७१ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सकेको थियो । चेन्नेईको लागि ब्याटिङमा केदार जादवले सर्वाधिक ५८, शुरेश रैनाले १६, कप्तान महेन्द्र सिह धोनीले १२, ड्यान ब्राभोले ८, शेन वाट्सनले ५, दिपक चहारले ७ र सार्दुल ठाकुरले १२ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन ।

मुम्बईको लागि बलिङमा लाशिथ मलिङ्गा र हार्दिक पाण्डेले सर्वाधिक ३-३ र ज्यासन ब्रेन्डर्फले २ विकेट लिएका थिए ।

यस अघि चेन्नेई विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले ब्याटिङमा खराब सुरुवात गरेपनि अन्तिम ओभर तिर विस्पोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुनाएर १७० रनको उच्च स्कोर बनाएको थियो ।

मुम्बईको लागि ब्याटिङमा क्विन्टन डि ककले ४ , रोहित शर्मा पनि १३, युवराज सिहले ४,सुर्यकुमार यादवले सर्वाधिक ५९, हार्दिक पाण्डेले ८ बलमा ३ छ्क्का र १ चौका सहित अविजित २५ र किरन पोलार्डले पनि ७ बलमा २ छ्क्का सहित १७ रनको पारी खेलेका थिए ।

बलिङतर्फ चेन्नेइका दिपक चहार, मोहित शर्मा, ईमरान ताहिर, रविन्द्र जडेजा र ड्यान ब्राभुले समान १-१ विकेट लिएका थिए ।

यसैबीच आईपिएल अन्तर्गत आज पनि एक खेल हुदैछ। आज राती सवा ८ बजे हुने खेलमा नेपाली राष्ट्रिय टोलिका लेग स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादको सामना गर्दैछ । समान तिन खेलबाट दुई जित निकालेका हैदरावाद र दिल्ली अङ्क तालिकामा क्रमशः तेस्रो र पाचौं स्थानमा रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्