प्रधानमन्त्री ओली द्वारा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने र फलामखानीबाट फलाम झिक्ने घोषणा

0
15

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सबैभन्दा पहिले प्रधानमन्त्री भएको बेला देशलाई आत्मनिर्भर बनाउँने जनाउँनु भएको थियो । उहाँ प्रधानमन्त्री भैरहँदा नेपालमा नाकाबन्दीजस्तो विषम स्थिती सिर्जना भएको थियो ।

उहाँले नेपालमा इन्धन उत्खननको काम गर्ने जनाउँनु भएको थियो । उहाँले यस्तै मिठा र आशलाग्दा कुराहरु सुनाउँदै गर्दा उहाँको अघिल्लो कार्यकाल सकिएको थियो । अहिले देशले फेरि ओलीलाई प्रधानमन्त्रीको रुपमा पाएको छ । अहिले जनतामा थप आशाा पाएको छ । उहाँले अघिल्लो कार्यकालमा भनेका कुराहरु अहिलेको कार्यकालमा पुरा हुन्छन् भनने कुरामा जनता विश्वस्त रहेका छन् ।

राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादी भयो भन्नेहरुसँग वादविवाद प्रतियोगितामा भाग नलिएको बताउँनु भएको छ । उहाँले भन्नुभयो, ‘यो सरकार गफ गर्न बनेको होइन, गरिबी हटाउन, भोकमरी अन्त्य गर्न सरकार बनेको हो ।’

प्रधानमन्त्री ओलीले अब पेट्रोलियम पदार्थ उत्खनन् गर्ने र फलामखानीबाट फलाम झिक्ने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले कोसी नदीमा डुंगाको ठाउँमा स्टीमर चलेको बताए । ‘मुख्यमन्त्रीजी अब स्टीमर चढेर जानुहुन्छ ।

गाडी र जहाजबाट घन्टौं लाग्छ स्टिमर छिटो पुग्छ । सरकारले पानीजहाज कार्यालय खोलेको त छ तर स्टीमर सरकारले चलाएको त होइन । यो परिवर्तनले आएको हो ।’ परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्