मलेसिया । यहि अप्रिल १० तारिख देखि १८ तारिख सम्म मलेसियामा आयोजना हुन लागेको यु१९ बिश्वकप छनोट एशियाको लागि रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ ।
यस छनोटमा पहिलो स्थान हात पार्न सके नेपालले आगामी बर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यु १९ बिश्वकपमा स्थान सुरक्षित पार्ने छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान बिनोद दस प्रशिक्षक रहेको नेपाली टोलीले छनोटमा मलेसिया, सिंगापुर, युएई, कुवैत र ओमानको सामना गर्ने छ ।
हालै भारतको आन्ध्र प्रदेशमा नेपाली युवा टोलीले छ वटा अभ्यास खेल खेलेको थियो र त्यसैको आधारमा नेपाली टोली छानिएको हो । छ खेलमा नेपाली युवा टोलीले चारमा जीत निकालेको थियो भने दुई खेलमा हारको सामना गरेको थियो ।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान)
अभिषेक बस्नेत
भिम शार्की
हरि बहादुर चौहान
कमल सिंह ऐरी
कुशल मल्ल
आशिफ शेख
पवन सर्राफ
प्रतिष जिसी
रशिद खान
रित गौतम
सागर ढकाल
सन्दिप जोरा
सुर्य तामांग
वैकल्पिक खेलाडी
आकाश चन्द
लोकेश बम
रवि कुमार साह
शेर मल्ल