न्युजिल्यान्डद्वारा १५ सदस्यीय टिम घोषणा

0
22

आगामी मे ३० देखि जुलाई १४ सम्म ईङ्गल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकपको रौनक सुरु भएको छ ।

१२ औं विश्वकप प्रतियोगिता नजिकिएसङ्गै सहभागी राष्ट्रले आफ्नो टिम घोषणा समेत सुरु गरेका छन । प्रतियोगितामा विश्व भरिका विभिन्न १० टोलिले सहभागिता जनाउने छन भने प्रतियोगिता राउड रविन र नक आउट चरणमा आयोजना गरीनेछ ।

यसैबीच प्रतियोगितामा सहभागी राष्ट्र न्युजिल्यान्डले आफ्नो टोलि घोषणा गरेको छ । घोषणा गरेको टोलिको नेतृत्व केन विलियन्सनले सम्हालेका छन भने अन्य सदस्यमा टम ब्लुन्डेल, ट्रेन बोल्ट,लोकि फर्ग्युसन, कोलिन डे ग्र्यान्डहम, मार्टिन गुप्टेल, मट हेन्री, टम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेन्री निकोल्स, मिच सान्टनर, ईस सोधी, टिम साउदी र रश टेलर रहेका छन ।

न्युजिल्यान्ड विश्वकपको लागि टिम घोषणा गर्ने पहिलो टोलि समेत बनेको छ ।

विश्वकपमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड , पाकिस्तान, बङ्गलादेश, ईङ्गल्यान्ड, दक्षिण अफ्रीका , अफगानिस्तान, श्रीलंका र वेस्टईन्डिजले सहभागिता जनाएका छन ।

न्युजिल्यान्डले प्रतियोगितामा सन १९९५ बाट सहभागिता जनाएपनि अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । अहिलेसम्मकै अस्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि उचालेको छ।

प्रतिक्रिया दिनुहोस्