युएईमा भोजपुर हातेमालो सेवा समाजको प्रथम अधीबेसन हुदै

0
64

नागरिकडायरी, युएई ।

“भोजपुरेको एकता, सामाजिक सेवा र सहकार्य हाम्रो आवश्यकता” भन्ने मूल नाराका साथ भोजपुर हातेमालो सेवा समाज युएई प्रथम अधीबेसन अप्रिल26 मा युएई को राजधानी अबुधाबी मा हुने भएको छ। बिगत लामो समय देखि दुई सामाजिक संस्था भोजपुर सेवा समाज युएई र भोजपुर हातेमालो समाज अलग अलग स्थामा रहेर काम गर्दै आएका थिए। भोजपुर सेवा समाज युएई र भोजपुर हातेमालो समाज एकता भए सँगै भोजपुर हातेमालो सेवा समाज युएई को महाधिबेसन हुन लागेको निवर्तमान अध्यक्ष भिम थापाले जानकारी दिनु भयो। साथै दुई सस्था लाई एकता कायम गर्न विशेष भूमिका खेल्नु हुने श्री सुबास बानु राई ,श्री ज्ञानेन्द्र बहादुर राई र श्री भक्त बहादुर तामाङ्ग लाई धन्यबाद दिदै एकता र सहकार्य आजको आवश्यकता हो भनी दुई संस्था एकता का लागि सहयोग गर्ने सम्पूर्ण पुर्ब भोजपुर सेवा समाज युएई तथा भोजपुर हाते मालो समाज युएई का सम्पूर्ण केन्द्रिय समिति का पदाधाकारी तथा सल्हाकार हरु प्रति हार्दिक आभार प्रकट गर्दै युएई लाई कर्मथलो बनाई बसो बास गर्नु हुने सम्पूर्ण भोजपुर जिल्ला बासिलाई यस एतिहासिक महाधिबेसन मा उपस्थित हुन अध्यक्ष थापा ले आहान गर्नु भएको छ। कार्यवाहक अध्यक्ष सुबास बानु राईले समाज परिबर्तन लागि सदैब क्रियासिल भएर लागि रहनु भएका युएई का सम्मपुर्ण सामाजिक संघ सस्था, बुद्रिजिबि ,प्रत्रकार हरु लाई कार्यक्रम मा उपस्थित का लागि आग्रह गर्नुभयो, महासचिव श्री सम्भु राई ले भोजपुर जिल्ला का समग्र सामाजि तथा दैबि प्रकोप जस्ता समस्या मा याथशिग्र सहयोग गर्दै आएको साथै पछिलो समय मा प्रराण घातक रोग ब्लटक्यानसर जस्ता रोगले अस्पताल को बेड मा बसेको र आर्थिक अबस्था कमजोर भएको लाई संस्थाले जति सक्दो सहयोग गर्दै आएको र आगामी दिन मा पनि भोजपुर हातेमालो सेवा समाज युएई ले गरिब दुखि तथा दैबिक प्रकोप जस्ता भई परी आउने समस्या लाई प्राथमिकता मा राखेर काम गर्ने बताए। साथै महाधिबेसन मा स्थानिय कलाकार हरु को बेजोड साँस्क्रतिक कार्यक्रम समेत रहेको छ।
साथै भोजपुर हातेमालो समाज युएई कुनै पनि जातिभाषि राजनितिक धार्मिक नरहेको र यो शुद्ध समाज सेवा गर्ने सामाजिक संस्था रहेको समाज का पूर्व उपध्यक्ष छिरिङ्ग शेर्पा ले जानकारि दिँदै युएई मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई महाधिबेसन मा हार्दिक निमन्त्रणा गर्नु भएको छ

प्रतिक्रिया दिनुहोस्