मलेसियामा सम्पन्न हकी लेभल २ कोचिङ कोर्समा २ नेपाली राष्ट्रिय कोच सहभागी

0
88

ईश्वर राई

मलेसिया, अन्तराष्ट्रिय हकी संघको आयोजनामा एफ आई एच हकी लेभल २ कोचिङ कोर्स मलेसियामा सम्पन्न भयो । युरोप, अफ्रिका र एसियाबाट नेपाल लगायत ३० वटा राष्ट्र सहभागी भएको थियो । उक्त कोचिङ कोर्स मलेसियाको इपोह राज्यको अज्लान साह रंगशालामा मार्च २७ तरीख देखि ३० तारीखसम्म सन्चालन भएको थियो ।

नेपालको तर्फबाट नेपाल राष्ट्रिय हकी संघका प्रमुख प्रशिक्षक पिन्टु शर्मा र नेपाल हकी संघका राष्ट्रिय प्रशिक्षक रन्जन थापा सहभागी हुनु भएको थियो । यस हकी लेभल २ कोचिङ कोर्समा सहभागीहरुलाई राजकुमार वाई टि एम दातो श्री अहमद नाजीम अज्लान साह बिन अल्मर्हुम राजा असमन साह द्वारा प्रमाण पत्र बितरण गरेको थियो ।

नेपाली राष्ट्रिय हकी टिमले गत डिसेम्बरमा पाकिस्तानमा सम्पन्न हायर अोपन हकी सिरीजमा ऐतिहासिक सफलता पाए संगै नेपाली राष्ट्रिय हकी टिमको विश्व भरी नै चर्चा बढेकोछ ।

नेपाली राष्ट्रिय हकी टिमले केही महिना मै अन्तराष्ट्रिय सिरीज खेल्ने तयारी गरिरहेको राष्ट्रिय प्रशिक्षक रन्जन थापाले जानकारी दिनु भयो साथै यस कोचिङ कोर्सले नेपाली राष्ट्रिय हकी टिमलाई अन्तराष्ट्रिय सिरीजमा थप सफलता प्राप्त गर्न ठुलो सहयोग गर्ने प्रमुख प्रशिक्षक पिन्टु शर्माले बिश्वास ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्