हिमालय एयरलाइन्स द्वारा आइतबारदेखि युएईको आबुधाबी उडान सुरु

0
62

साजन शर्मा / मलेशिया

हिमालय एयरलाइन्सले आइतबारदेखि युएईको आबुधाबी उडान सुरु गरेको छ । आइतबार पहिलो पटक उडान भरेको हिमालय एयरलाइन्स आउने–जाने दुबैतर्फी (१५८ सिट) टिकट भरिएको हिमालय एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलीसका सञ्चालक एवं एनआरएनए आईसिसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले बताए । आवुधावी एयरपोर्टका सिनियर पदाधिकारी, अपरेसन हेड, एयरपोर्टका पदाधिकारीहरूलगायत अन्य विभिन्न कार्यकारी व्यक्तित्वहरूको सहभागितामा एक भव्य कार्यक्रमसहित आइतबारदेखि उडान सुरु भएको थियो । आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएकोले काठमाडौँ–आबुधाबी–काठमाडौँको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने ढुङ्गानाले बताए । ढुङ्गानाले दिएको जानकारी अनुसार बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ । साँझ ८ बजेर ४५ मा काठमाडौँबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्