मलेसियाका क्रियासिल सामाजिक संस्थाहरु द्वारा नव नियुक्त राजदुत लाई स्वागत

0
95

साजन शर्मा ! मलेसिया

मलेसियामा रहेका ब्यबसायी तथा विभिन्न सामाजिक संघ संस्था हरुले हिजो एक भब्य कार्यक्रमको आयोजना गरि नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डेज्यु लाई स्वागत गरेको छ।
मलेसियाको क्वालालाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मलेसियामा रहेका ब्यबसायीहरु, क्रियासिल संघ संस्थाका प्रतिनिधिहरु, एयरलाइन्सका प्रतिनिधिहरु, रेमिटेन्स कम्पनिका प्रतिनिधिहरु, बुद्धिजिविहरु, समाजसेबिहरु, कलाकारहरु, पत्रकारहरु, तथा मलेसियाका विभिन्न ठाउहरु बाट प्रतिनिधित्व गर्नु भएको नेपाली श्रमिक हरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली ब्यबसायी समाजका अधक्ष्य इन्द्र नारायण लिम्बुको सभापतित्वमा सुरुवात भएको उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डे रहनु भएको थियो ।
उक्त कार्यक्रमको बारेमा बोल्दै नेपाली ब्यबसायी समाजका सचिब बिपिन राइले मलेसियामा रहेका विभिन्न क्रियासिल संघ संस्थाहरु बीच आपसी एकता, सदभाव र सहकार्य गरेर अगाडी बढेमा यहाँ रहेका नेपालि हरुको समस्या लाई अधिक रुपमा समाधान गर्न नेपाली दुताबास लाई सहयोग पुग्ने र नेपाली दुतावासले पनि सबैसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने आबस्यकता रहेको बताउनु भएको थियो ।
त्यसैगरि कार्यक्रमको अन्त्यमा आफ्नो मन्तब्य राखने क्रममा नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डेज्यु ले आयोजक हरुलाई धन्यवाद दिदै क्रियासिल सामाजिक संघ संस्था हरुले भोलिको दिनमा मलेसियामा रहेका नेपालि समुदाय लाई आइपर्ने विभिन्न किसिमका समस्या हरुको सामुहिक रुपमा नेपाली दुताबास संग सहकार्य गरेर उक्त समस्या लाई समाधान गर्ने कोसिस गर्नु हुनेछ भन्ने बिश्वास ब्यक्त गर्नु भएको थियो । साथै उदयराज पाण्डेज्युले संगठनको नेताको पगरी गुथेर फेरी नेपाली हरुलाई ठग्ने काम कसैले पनि नगर्न सुझाब दिनुभएको थियो यदि संगठन भित्र रहेर खराब काम गर्ने व्यक्तिलाई दुताबासले संगठनको नेता नमानी कारबाही गर्ने र उक्त कारबाहीमा सङ्गठन ले पनि सहयोग गर्नुपर्ने बताउनु भएको थियो । त्यसैगरी दुताबासमा कायर्रत कुनैपनि कर्मचारीले नेपाल सरकारको नियम बिपरित कार्यगरेमा त्यस्ता कर्मचारी लाई पनि दुताबासले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
साथै जुन कम्पनिले नेपाली श्रमिकलाई तोकिएको सेवा सुबिधा र तलब समयमा नदिइ दुखदिने कार्य गरेमा त्यस्ता कम्पनि लाई नेपालि दुताबासले चेतावनी दिने, कम्पनि हरुको मागपत्र रोक्का गरि नेपाली श्रमिकहरु ल्याउन अनुमति नदिने, र कम्पनिलाई मलेसियाको श्रम मन्त्रालय तथा त्यससंग रहेका सम्बन्धित मन्त्रालयमा जानकारी गराई उजुरी गरि आबस्यक कानुनि प्रक्रिया अगाडी बढाउने बताउनु भएको थियो ।
उक्त कार्यक्रम संयुक्त रुपमा नेपाल ब्यबसायी समाज मलेसिया, नेपाली आदिबासी जनजाति महासंघ, सुदुर पश्चिमेली नेपाली समाज, गैर आबासिया नेपाली सितोरियो कराते संघ, आदिबासी जनजाती पत्रकार संघ, भोजपुर सेवा समाज, दोलाख सेवा समाज, खोटांग सेवा समाज र खप्तडी बस्नेत परिवार को आयोजनामा भएको थियो ।
साथै आयोजक टिमले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सम्पूर्ण संघ संस्था हरुलाई एकताबध भई नेपाली समुदायको हकहितको लागि सहकार्य गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्