सुपर ओभरमा गएको खेलमा दिल्लीको रोमान्चक जित

0
22
नागरिक डायरी।
इण्डियन प्रीमियर लीग (आईपीएल) अन्तर्गतको शनिबार भएको दोस्रो खेल दिल्लीले जितेको छ । दिल्लीको फिरोज शाह कोटाला मैदानमा भएको खेल दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच  सुपर ओभरमा गएको हो ।
पहिला ब्याटिंग गर्दै दिल्लीले एक विकेट गुमाएर १० र बनाएको थियो । कोलकाताले  ७ रनमात्र बनाउन सक्यो । यसरी दिल्ली ३ रनले जित्न सफल भयो । दिल्लीका लागि सुपर ओभरमा कागिसो राबाडाले बलिंग गरेका थिए । राबाडाले ६ ओटै बल योर्कर गरेर एक विकेट पनि लिएका थिए ।
दिल्लीका लागि सुपरओभरमा ब्याटिंग गर्न ऋषभ पन्त र कप्तान श्रेयस अय्यर आएका थिए । सुपर ओभरमा अय्यरले एकमात्र चौका हान्न सकेका  थिए । त्यस्तै कोलकाताका लागि प्रसिद्धा कृष्णाले सुपरओभरमा बलिंग गरेका थिए ।
यसअघि टस जितेर दिल्लीले कोलकातालाई ब्याटिंगको निम्तो दिएपछि कोलकाताले पहिला ब्याटिंग गर्दै दिल्लीलाई १८६ रनको विशाल लक्ष्य दिएको छ । कुनै बेला संकटमा गुज्रेको कोलकाताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले तुफानी ब्याटिंग गरेपछि कोलकाताले ८ विकेटमा १८५ रन बनायो ।
रसेलले २८ बलमा ६२ रनको तुफानी इनिंग्स खेले । उनले सो क्रममा ६ छक्का ४ चौका प्रहार गरेका थिए ।
यस्तै दिनेश कार्तिकले ३६ बलमा ५० रनको महत्वपूर्ण इनिंग्स खेले । 
दिल्लीका लागि पृथ्वी शोले ९९ रन बनाएका थिए भने कप्तान अय्यर ले ४३ रन बनाएका थिए । दिल्लीलाई जितका लागि अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर कोलकाताका कुलदीप यादवले ५ रनमात्र दिएपछि खेल सुपर ओभरमा गएको थियो । दिल्लीको यो दोस्रो जित हो भने कोलकाताको पहिलो हार हो ।
यो खेलमा दिल्लीका लागि नेपाली स्पीनर सन्दीप लामिछानेले पनि खेलेका थिए । उनले २९ रन दिएर १ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्