मलेसियाको इपोहमा एक नेपाली द्वारा झुण्डीएर आत्महत्या

0
110

साजन शर्मा, मलेसिया

मलेसियाको इपोहमा एक नेपालीले झुण्डीएर आत्मा हत्या गरेका छन् । धनकुटा जिल्ला घर भएका टंक बाहादुर कार्की करिब दुई बर्ष अगाडी मलेसिया आएका थिए । आत्महत्या गरेको ठाउमा कुनैपनि संकास्पद बस्तु न भेटिएको जानकारीमा आएको छ ! इपोह स्थित एक नेपाली रेस्टुरेन्टमा कार्यरत कार्की हिजो राति ११ बजे काम सकाएर सुत्न गएको र आज बिहानी करिब ७ बजेतिर नउठेपछि ढोका फुटाएर हेर्दा कार्की सिलिङ्ग फ्यानमा झुन्डेर मृत अबस्थामा फेला परेका थिए र तत्कालै साथीहरुले स्थानीय प्रहरी लाई खबर गरेका थिए ।
अहिले कार्कीको लासलाई पोस्ट मार्टमको लागि इपोह स्थित राजा हस्पिटलमा राखिएको छ ।
साथिहरुको अनुसार कार्की अबिबाहित रहेको केहिदिन देखि मानसिक तनाबमा रहेको साथै हिजो बेलुका सुत्ने बेलामा फोनमा बोल्दा झगडा परेको थियो । साथै निजको मलेसियामा प्रेमिका रहेको र बिगत केहिदिन देखि प्रेमिका संग झगडा भई रहने र निजले बारम्बार झुण्डीएर मर्छु भन्ने गरेको साथिहरुले सुनेका थिए ।
टंक बाहादुर कार्कीका दाई मलेसियाको जोहरमा र दिदि मलक्कामा रहेको र खबर पाउने बितिकै घटनास्थल तर्फ जादै गरेको इपोहबाट समीर परदेसिले जानकारी
दिए ।

प्रतिक्रिया दिनुहोस्