गायक तथा सङ्गितकार रमित लामाको “मुसुक्क हास्ने” मैच्याङ्लाई फकाउन खोज्दाको भिडियो बजारमा

0
137

चर्चित सेलो गायक तथा सङ्गितकार, रमित लामाको स्वरमा सजिएको ” मुसुक्क हास्ने गोरिमा गोरि ” बोलको पप सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।


यो भन्दा अगाडी गायक लामाले “नमस्ते” नामक एल्बम बजारमा ल्याइसकेका छन । हाल मलेसियामा कार्यरत रहेका रमितले मलेसियामा हुने विभिन्न सांगीतिक कार्यक्रममा पनि आफ्नो जोडदार प्रस्तुतिहरु दिदै आइरहेका छन् । गायनमा मात्रै नभएर संगीत सिर्जनामा रुचि राखने लामा अहिले मलेसियाको जल्दा बल्दा गायक बनिसकेका छन । खासगरी पप गित गाउन मन पराउने रमित भन्छन “दर्शकको माया साथ पाएकोमा म खुशी छु ,यो भिडियोलाई पनि माया गर्नुहोला ।
“मुसुक्क हास्ने गोरिमा गोरि ” बोलको पप सेलो गितको भिडियोमा खेम मोक्तानको निर्देशन तथा सोनी योञ्जनको जोददार अभिनय रहेको छ् । गीतमा करण वाइबाको शब्द र बिकास काल्तानको संगीत रहेको छ भने रोशन फ्युबाको छायांकन तथा सम्पादन रहेको छ् ।

गायक तथा सङ्गितकार रमित लामाले “मुसुक्क हास्ने” मैच्याङ्लाई फकाउन खोज्दा (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्