मलेसियामा रहेका विभिन्न संघ संस्थाले नव नियुक्त राजदुत लाई स्वागत गर्ने

0
119

साजन शर्मा, मलेसिया !

मलेसियामा छरिएर रहेका विभिन्न समाजिक संघसंस्थाहरू नेपाल आदिवासी जनजाती महासंघ, नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर आवासीय नेपाली सितेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया र नेपाली ब्यवसायी समाजलगायत विभिन्न संघसंस्थाहरू संगको संयुक्त सहकार्यमा आउदो ३१ तारिख आईतवारको दिन मलेसियाको क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका प्रबक्ता इश्वर राईले जानकारी गराउनु भयो ।

यसअघि साउदी अरवको राजदुतको जिम्मेवारी पूरा गरिसक्नु भएका पाण्डे बौद्धिक तथा इमान्दार नेताका रुपमासमेत परिचित हुनुहुन्छ । सरकारले मलेसियामा जाने कामदारलाई निशुल्क पठाउने निर्णय गरिसकेको अवस्थामा नेपालीका पहिलो गन्तब्य मलेसियाका लागि पाण्डे राजदुत नियुक्त हुनुभएको हो । मलेसियामा रहेका अधिकांश राजदुत कामदारको बिषय भन्दा म्यानपावर कम्पनीसँग मिलेमतो हुने गरेको आरोप लागिरहेको बेला पाण्डेलाई सरकारले सोही देशमा राजदुतका रुपमा पठाउने निर्णय गरेको थियो । साउदीमा रहँदा पनि पाण्डेले नेपाली कामदारको समस्या समाधानका लागि राम्रो पहलकदमी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्