जब मोदीले कामदारको खुट्टा धोए …(भिडियोसहित)

0
67

१२ फागुन, काठमाडौं । चुनाव आउनु अगाडि नेताहरु जनताको सहानुभूति बटुल्न अनेक उपाय निकाल्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले यस्तै एउटा फन्डा गरेका छन् ।

Amit Shah@AmitShah

प्रधानमंत्री मोदी जी द्वारा कुम्भ में सफ़ाई कर्मचारियों के पैर धोना न सिर्फ़ उनकी संवेदनशीलता को दर्शता है बल्कि यह सामाजिक समरस्ता के प्रति उनके समर्पण का भी प्रतिबिंब है।


देश ने गांधी जी के बाद पहली बार किसी जन नेता में इस तरह का समर्पण भाव देखा है, यह एक नये युग की शुरुआत है।8,2375:41 PM – Feb 24, 20193,503 people are talking about thisTwitter Ads info and privacy

मोदीले एउटा कार्यक्रममा सफाई मजदुरहरुको सम्मान गरे । यो त कुनै नौलो कुरा भएन । नौलो कुरा त, त्यतिबेला भयो, जब मोदीले पित्तलको थाल राखेर कामदारहरुको खुट्टा धुन थाले । उनले पालैपालो ती कामदारहरूको मिचिमिचि खुट्टा धोए । यो भिडियो अहिले भाइरल बनेको छ ।

खुट्टा धोइसकेर उनले कामदारलाई निहुरिएर प्रणाम गरे । यति मात्र होइन, सफा तौलियाले खुट्टा पनि पुछिदिए । यी ककामदार कुम्भ मेलाको आयोजनामा खटिएका थिए ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गान्धीपछि कुनै नेताले जनताप्रति यति ठूलो समर्पण देखाएको भन्दै यसर्लाइ नयाँ युगको सुरुवातका रुपमा व्याख्या गरेका छन् । भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ ।

https://support.twitter.com/articles/20175256

o

प्रतिक्रिया दिनुहोस्