६ महिनामा आठ अर्बको चामल भित्रियो

0
80


फागुन ११, काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारतबाट धान चामलको आयात १५.६ प्रतिशतले बढेर ७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्षको सुरुवातसँगै चर्किएको तराई आन्दोलन र असोजदेखि सुरु भएको भारतीय नाकाबन्दीले सात महिना पुरै प्रभावित भएको थियो ।
 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारतबाट ६ अर्ब ७४ करोड रुपैयाँको चामल आयात गरिएको थियो । अघिल्लो वर्षभरी पौने २५ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो ।
 

यही रफ्तार कामय रहेमा यो वर्ष चामलको आयात ३० अर्ब पुग्ने अनुमान लगाउन सकिन्छ । पछिल्लो समय भारतबाट ठूलो परिमाणमा धान चामल आयात हुन थालेको छ । कुनै समय यस्तो पनि थियो, नेपालबाट ठूलो परिमाणमा धान चामल भारत निर्यात गरिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्