विवादित गीतको श्रृंखला : नारायण गोपाल पनि अछुतो थिएनन्

0
57

फागुन ११, काठमाण्डौ । चर्चित लोकगायक पशुपति शर्माले देशमा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक विकृतिमाथि प्रहार गर्दै गाएको गीत अहिले पनि बजारमा सर्वत्र चर्चामा रहेको छ ।

उक्त गीतमा प्रयोग गरिएका केही शब्दप्रति आपत्री जनाएपछि गीत युट्युबबाट हटाइयो । यसअघि पनि विभिन्न गितहरु विवादित नबनेका होइनन् । तर गित विवादरहित बनाउनका लागि कतैबाट पनि पहल भएको छैन ।

युट्युबमार्फत् सार्वजनिक गरिएको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीतप्रति समर्थन र विरोध दुवै भयो । विशेष गरी सत्तारुढ दलका नेता कार्यकर्ताले गितमा प्रयोग गरिएको केही शब्दले गलत अर्थ लागेको भन्दै तिब्र आलोचना गरे । आलोचनापछि गायक पशुपति शर्माले युटुबबाट उक्त गित नै हटाए । तर यसबारेको बहस अझै जारी छ । गित विवादको यो घटना नौलो होइन ।

स्वरसम्राट नारायण गोपालकै पालादेखि गितहरु विवादमा पर्ने गरेका थिए । पञ्चायतकालमा नारायण गोपालले गाएको मेरो गीत म उभिएको धुलोले सुनोस कसैले सुन्दैन भने धर्ती आकाशले सुनोस भन्ने गित विवादमा परेको थियो । गोपाल प्रसाद रिमालले लेखेको दिप श्रेष्ठले गाएको आमा तिनीहरुले जेसुकै भनुन् म बहुला हौइन गीत पनि विवादमा परेको थियो ।

पञ्चायतकालतिर समाजमा परिर्वतनका लागि र पञ्चायति व्यवस्थाको विरोध गरिएको गितहरुमाथि अंकुश लगाउने प्रयास भएको थियो । पञ्चायत कालमा एउटा रेडियो नेपालबाट मात्रै गीत रेकर्ड हुने भएकोले जातिय, राष्ट्रसँग सम्बन्धीत गीत पाइदैन थियो । रेडियोबाट गीत बज्न नदिए पछि कलाकारहरुले विभिन्न मञ्चमा गाएर सन्देश दिने गर्दथे ।

अहिले व्यवस्था फेरिएको छ । अभिव्यक्ति स्वतन्त्रता नै लोकतन्त्रको मर्म मानिन्छ । तर पनि आलोचना र विकृतिको उजागर गर्दा विभिन्न खाले 

दबाब आउने गरेको छ । त्यसेको सिकार बनेका हुन्, पशुपति शर्मा । गित नराम्रो भए दर्शक श्रोता आफैँले बहिष्कार गर्ने भएकाले सरकार, दल वा नेता कार्यकर्ताले अनावश्यक दबाब दिन उचित नहुने गितकार मुकारुङ बताउनुहुन्छ ।

पशुपती शर्माको गितमा प्रधानमन्त्री केपी ओली र सरकारमाथि कडा व्यङ्ग्य गरिएको भन्दै सत्तारुढ दल नेकपाका कार्यकर्ताले गायकलाई गित हटाउन दबाब दिएको अरोप लगाइएको छ ।

त्यसो त सार्वजनिक कार्यक्रममा नेकपाका कार्यकर्ताले खुलेरै गितको विरोध गरे । यता प्रधानमन्त्री ओलील पनि शर्माको गित जनताले मन नपराएकाले युटुबबाट हटाइएको भन्दै कटाक्ष गर्नुभयो । घरटनाक्रम जे भए पनि गित रचना गर्दा शब्द चयनमा ध्यान दिनुपर्ने कुरालाई नकार्न सकिदैन ।

तर लोकतन्त्रको मर्म विपरित गएर कसैले पनि आफूलाई मन परेन भन्दैमा सर्जकलाई अनावश्यक दबाब दिनु उचित नहुने धेरेको तर्क छ । अर्कोतिर गित सार्वजनिक गर्नुअघि ठीक छ कि छैन भनेर नियमन गर्ने निकाय नभएकाले पनि यस्तो समस्या दाहोरिने गरेको छ । यसतर्फ पनि ध्यान दिने कि ?

प्रतिक्रिया दिनुहोस्