थाइल्याण्ड, माघ २७ संसारको सबैभन्दा ठूलो बुद्ध स्तुपामा पुगी राष्ट्रिय अनुसन्धान तथा विकास केन्द्र नेपालका अध्यक्ष तथा सामाजिक अभियन्ता निलकण्ठ पौडेलले “Buddha was born Nepal” लेखेर विश्व सामु बुद्ध जन्म बारे सन्देश प्रवाह गरेका छन् । थाइल्याण्ड बैङ्ककमा रहेको संसारको सबैभन्दा ठूलो बुद्ध स्तुपामा ३० खुड्किला चढिसकेपछि त्यहा राखिएको आगन्तुक पुस्तिकामा “गौतम वुद्ध नेपालमै जन्मेका हुन् ( Buddha was born in Nepal) , बुद्ध नेपालमा जन्मिएका हुन” लेखिरहँदा विभिन्न देशका धर्म गुरू, लगायतले तस्बिर लिइरहेका थिए। शारिरीक अशक्तको बावजूद पनि उनले गरेको साहस अरूले निकै चाखपूर्ण तरिकाले हेरिरहेका थिए।
यही फेब्रुअरी ११ देखि १३ बैङ्कक स्थित नाखोन पाथोममा रहेको राजाभाट युनिभर्सिटीमा हुन गइरहेको अन्तराष्ट्रिय आर्ट एण्ड कल्चर फर पिस कार्यक्रम थाइ सरकारको निमन्त्रणा लुम्बिनी विश्व शान्ति मञ्च नामक संस्थाको नामबाट उनी थाइल्याण्डमा रहेका छन । ३ दिन सम्म चल्ने सेमिनारमा विश्वभरका सरकार प्रमुखहरू, बुद्ध भिक्षु, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने आयोजकले जनाएको छ। बासु गौतम अध्यक्ष रहेका लुम्बिनी विश्व शान्ति मञ्चमा उनी अपाङ्गता कार्यक्रम संवन्धि विश्व संयोजक पनि हुन ।
उनको साथमा विश्व शान्ति मञ्च युरोप संयोजक लक्ष्मण रिजाल, होटल व्यवसायी तथा समाजसेवी राम प्रसाद लम्साल र समाजसेवी पूर्णलाल श्रेष्ठ रहेका छन् ।









