प्रदर्शनमा उत्रिएका डेढ दर्जन आवासीय चिकित्सक पक्राउ

0
79

काठमाडौँ, १८ माघ ।  त्रिवि शिक्षण परिसर बाहिर प्रदर्शनमा उत्रिएका करीब डेढ दर्जन आवासीय चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

प्रक्राउ पर्नेहरुमा रेजिडेन्ट डाक्टर एशोसिएशनका अध्यक्ष डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा हेमन्त बास्तोला, डा बद्री अर्याल, डा राजन लामिछाने, डा सिद्धार्थ भण्डारी, डा उपमा श्रेष्ठ र डा कविता मानन्धर रहेका छन् । यस्तै डा अमिर श्रेष्ठ, डा आकाश श्रेपाली, डा आनन्द सिंह, डा पदम जोशी, डा समिर चापागाईँ, डा विश्वराज तिम्सिना र डा अपुर्व आचार्य समेत पक्राउ परेका छन् ।

डा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन भन्दै उनीहरु राष्टपति कार्यालय तर्फ अघि बढदै थिए । प्रहरीले उनीहरुलाई कान्ति अस्पताल जाने मोडमा रोकेर नियन्त्रणमा लिएको हो ।

डा केसीको अनशन लम्बिदै जाँदा उनका समर्थकहरुले दवाव बढाउँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्