काठमाडौं, १८ माघ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छन् ।
सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यादवले यो एक वर्षसम्म पनि आफूहरुले उठाएको संविधान संशोधनलगायतका मागहरु सम्बोधन गर्न प्रधानमन्त्री ओलीले कुनै चासो नदेखाएको गुनासो पार्टीका आफूनिकट नेताहरुसँग गरेका छन् ।प
यादवले आज सरकारमा पार्टीको सहभागिताको बारेमा पनि आज समिक्षा गर्ने बुझिएको छ । फोरमको आज संसदीय दलको बैठक समेत उनले डाकेका छन् । एक नेताका अनुसार यादवले प्रधानमन्त्री ओलीले आफूहरुसँग कुनै समन्वय नगरेको आक्रोश पोखेका छन् ।
यादवको भनाई उद्धृत गर्दै एक नेताले भने,‘फोरमको माग सम्बेधन गर्न प्रधानमन्त्री गम्भिर भएनन् । अब हामी सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय लिनुपर्छ । धेरै ढिलाई भैसक्यो ।’ त्यस्तै, डाक्टर केसीको विषयमा पनि प्रधानमन्त्रीले आफूसँग कुनै समन्वय नगरेको उनको गुनासो छ ।