किसान आवाज

0
74

बेर्ना तयार पार्ने मेसिनबारे प्रतिक्रिया

मेरो घर छिटाहा गाविस हो र म सम्झना कृषि सहकारी तनमुनासग आबद्ध छु | यो पल्ट नेपाल कृषि कम्पनीले अहिले सम्म नदेखेको प्रविधि भित्र्यायो, जुन थियो धान बेर्ना तयार पार्ने मेसिन | यो प्रविधि निकै सरल र कम समयमा धेरै बीउ उत्पादन गर्ने प्रविधिको रुपमा मैले पाए | यसरि तयार पारिएको बेर्नाको बृधि र बिकास राम्रो छ र १०-१२ दिनमै रोप्न सकिन्छ | यो वर्ष मैले पनि १ बिघा जमिनमा यहि प्रविधिबाट तयार गरिएको बेर्ना धान रोप्ने मेसिन द्वारा लगाएको छु | धानको प्रकृति देख्दा प्राविधिकहरुले उत्पादन बढ्ने भनिरहेका छन्, हेरुम उत्पादन कस्तो हुन्छ? यदि यसरी  उत्पादित बीउ मेसिनले नै रोपेर धानको उत्पादन बढेको खण्डमा अर्को वर्ष देखि किसानहरु यो प्रविधिप्रति आकर्षित हुने विश्वास मैले गरेको छु |

विश्वनाथ मेहता , छिटाहा

अध्यक्ष, सम्झना सहकारी

यहाँबाट किसानहरुले राधा –१२, र ञ्जित, सुवर्ना र पुसा वासमती ११२१ र १५०९ लगायतका उन्नत जातको बे र्नाहरु पाउँछन् ।
हामीले दिनमा ३ बिघा देखि ४ बिघासम्म बे र्ना तयार गर्छौं । अझ बिजुली र ठाउँको अभाव नहुने हो भने अझ धेरै गर्न सकिन्छ ।बेर्ना र हाम्रा उत्पादित बिऊहरुबारे प्राय: सबै किसानले राम्रै प्रतिक्रिया दिएका छन् । उनीहरु अचम्मित छन् कि यसरी पनि बेर्ना तयार गर्न सकिन्छ । त्यो पनि कम बिउ र कम समयमै ।
 यहाँबाट उत्पादित बिउलाई मे सिनबाट रोप्ने हो । हालसम्म ५२ बिघाको लागि बेर्ना उत्पादनको माग आएको छ । लगभग २० बिघा जतिको बिउ उत्पादन भइसकेको छ ।

नागेश्वर माझी

मेशिनले काम छिटो र छरितो भएको छ

हामीले चारवटा ब्लक बनाएका छौ । पालो मिलाएर काम गर्छौं । मेशिनले काम छिटो भएको छ। साधारण समस्याहरु नआउने हैनन् तर जन लगाएर धेरै दिनमा बाली काट्नु थन्क्याउनुको झन्झट हटेको छ । धान काटेपछि गहुँ छर्न खेत तयार, गहुँ काटेपछि मुंग लगाउन खेत तयार भइहाल्छ । गोरुले जोत्दा खेति तयारीमा एक बिगाहामा १० हजार लाग्थ्यो भने मेशिनले अहिले १६०० मा काम भएको छ ।

रमेश बिन्दु खत्री, अध्यक्ष, गोकुवा कृषि यान्त्रिकरण सहकारी, हात्तीमुढा, मोर

फरक पहिचान बनाएका छौ

हामी युवाहरु मिलेर चलाएका छौ । सुरुवाती दिनमा संचालन अलि चुनौतिपूर्ण थियो । तर, यान्त्रिकरणमा आबद्ध भएपछि अलि सजिलो भएको छ। यसले हाम्रो सहकारीको पहिचानलाई पनि फरक बनाएको छ। यान्त्रिकरणको फाइदाबारे सबै सदस्यलाई बुझाउन अझै समय लाग्छ होला । हामी अहिले आफ्ना सदस्यहरुबाहेक पनि थाहा पाउने र माग गर्ने किसानलाई यान्त्रिकरण सेवा दिईरहेका छौ। विस्तारै यो कार्यक्रमको बानी परेको छ । हामीलाई पनि अन्न बैंकिङ र चालूपुंजी कार्यक्रममा रुची छ । त्यस बारे हामीले धेरै तयारी गर्नुपर्छ भन्ने थाहा पाएका छौं ।

राजुसिंह चौधरी, अध्यक्ष, सामुहिक कृषि सहकारी, औराबनी-९, सुनसरी

समुदायको लाभमा खुसी छौं

हामीले खोलेको सहकारीबाट लाभ लिने समुदाय बढेको देख्दा खुसी लाग्छ । अहिले शेयर सदस्यभन्दा पनि पछि सेवा लिन आउनेलाई धेरै लाभ पुगेको छ । कृषि यान्त्रीकरणमा जाने हाम्रो ठुलो निर्णय हो । जे होस् बल गरेर यो अभियान जाने निर्णयलाई अहिले धेरैले बुझेका छन् । सानो रकम ऋण लिएर व्यापार गर्नेहरुले धेरै लाभ पाएका छन् भने खेति तयारी र बालि भित्र्याउन हार्भेस्टर खेतमा बोलाउनेहरु फाइदामा गएका छन् । अझै धेरै काम बाँकी छन् सबै मिलेर बुझेर काम गरियो भने सहकारी क्षेत्र विस्तार गर्दै सबैले फाइदा पाउने बनाउन सकिन्छ भन्ने लागेको छ ।

भागमति चौधरी, सदस्य, सामुहिक कृषि सहकारी, औराबनी-९, सुनसरी

गरिबले धान्ने यन्त्रमा जोड छ

फसलको मूल्य पाउनुपर्छ भन्नेमा दुई मत छैन। तर, हामीले आफ्नो आफ्नो खेतीको उर्बरा शक्ति ह्रास नहुने गरि पहिला उत्पादन बढाउनुपर्छ । त्यसपछि बालीमा लगानी अनुसारको लाभ खोज्नुपर्छ । यो सहकारीमा आबद्ध हामी सबै किसान छौ । कुन बेला कसरी लगाउने, रोगकिराको रोकथाम कसरि गर्ने भन्ने आफुले जानेका कुरा सबैलाई सिकाई आएका छौं । सहकारीलाई हामीले यान्त्रिकरणमा जोडेपछि अन्न बैंकिङका कुरा अहिले बुझ्दैछौ। यान्त्रिकरणमा आउन केहि ढिलाई भएको छ । तैपनि गरिब किसानले धान्न सक्ने गरि यन्त्रको धेरैभन्दा धेरै उपयोग होस् भन्नेमा जोड छ ।त्यसबाट उत्पदान बढोस्, लागत कम भयो भने बालीले उचित लाभ दिन्छ ।

एकाराम कार्की, सचिव, विशुद्ध कृषि सहकारी, तेतरिया-९, मोरंग

क्रमिक रुपमा काम भइरहेको छ

सहकारीले एकैपल्ट हामी सबै किसानका आवश्कता झट्ट पूरा गर्न सक्दैन । तर, विशुद्धले हामीलाई चाहिने कार्यहरु जस्तो बीउबिजन, खादमल, बीषादी तथा अन्य क्रमिक रुपमा गरेकोले अहिले यो भेगका किसानको अत्यन्तै भरपर्दो साथी भएको छ । यहाँ पैसा जम्मा गर्यो ।यहाँबाट चाहिएको मल, बिउ लग्यो । र, खेतका लागि ट्याक्टरको पालो माग्यो। सजिलो भएको छ । संचालनमा हाम्रा युवाको संख्या धेरै छन् । युवाको काम गर्ने तरिका पनि अलि छिटो हुन्छ । तर, हाम्रा पदाधिकारीले हतार गरेको छैनन् । सहकारीले विचार गरेर मात्रै नयाँ कार्यक्रम ल्याएको छ ।

श्रीनारायण सरदार , किसान, तेतरिया

प्रतिक्रिया दिनुहोस्