चर्चित सामाजिक अभियन्ता पौडेल सम्मानित

0
302

माघ-१० काठमाडौं नागरिक डायरी डटकमका लागि विनोद शर्माको रिपोर्ट

चर्चित सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक निलकण्ठ पौडेल राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । माघ ७ गते क्यान्सर केयर नेपाल नामक सामाजिक संस्थाको वार्षिक उत्सवमा पौडेललाई सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्य ६१ जना सामाजिक अभियन्ताहरूलाई सम्मान गरिएको थियो  । कार्यक्रममा वरिष्ठ  गितकार डा. भोला रिजाल, डा. योगि बिकासानन्द लगायतले नागरिक डायरी डटकमसँगको कुराकानीमा निलकण्ठ पौडेलको खुलेर प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्