स्वस्थानी व्रतः शालीनदीमा मेला फोटोफिचर

0
47

काठमाडौं । आजदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा माघ स्नानसहित माधवनारायणको मेला लागेको छ । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले यस वर्षको मेला आजैबाट सुरु भएको जनाएको छ । समितिका अनुसार, नूनसमेत नखाइ कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिँदै छ ।

माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने विश्वास छ । यही विश्वासमा यहाँ हरेक वर्ष लाखौं भक्तजान जाने गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ

प्रतिक्रिया दिनुहोस्