बजेट अभावले २० प्रतिशत विद्यालयमा पुनर्निर्माणको काम सुरु हुन सकेन

0
28

काठमाडौं/३ माघ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाइ (शिक्षा) का अनुसार बजेट अभावका कारण भूकम्पबाट क्षति भएका २० प्रतिशत विद्यालय पुनर्निर्माणको काम सुरु हुन सकेको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाइका शिक्षातर्फका कार्यक्रम निर्देशक इमनारायण श्रेष्ठले भने, “विद्यालय पुनर्निर्माणको काम भईरहेको भएपनि बजेट अभावका कारण २० प्रतिशत विद्यालयमा प्राधिकरण पुग्न सकेको छैन ।”
उनका अनुसार विद्यालय पुनर्निर्माणका लागि ३० अर्ब रुपैयाँ प्राधिकरणसँग माग गरिएको छ भने यसवर्षका लागि ४ अर्ब रुपैयाँ माग गरिएको छ । उनले प्राधिकरणले यसवर्ष ४ अर्ब बजेट उपलब्ध गराएमा बाँकी रहेका विद्यायहरुमा यसै वर्षदेखि काम सुरु गर्ने एजुकेशन न्यूजलाई जानकारी दिए ।
भूकम्पबाट कुल ७ हजार ९ सय २३ विद्यालय भत्केका थिए । तीमध्ये केही विद्यालय मर्ज भए भने केही बन्द भए । अहिले ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माण गर्नुपर्नेमा प्राधिकरण ६ हजार ६ सय विद्यालयमा पुगेको उनले बताए । ४ हजार १ सय विद्यालयमा पुनर्निर्माणको काम सम्पन्न गरिसकेको छ भने २ हजार ४ सय विद्यालय विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्