पशुपतिनाथ भन्दा कम छैन नवलपरासीको शास्वतधाम

0
37

पशुपतिनाथ र मुक्तिनाथ पछिको सबै भन्दा बढी श्रद्धापूर्वक अवलोकन गर्ने स्थलका रुपमा रहेको नवलपरासीको शास्वतधाम धार्मिक एवंम पर्यटकीय स्थलका रूपमा चिनिएको छ । नवलपरासीको दुम्कौलीमा निर्मित शास्वतधाममा आन्तरीक तथा वाह्य प्रर्यटको आगमन वृद्दि भएको छ । महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा रहेको यो धाम भारतीय कालिगढले १४ वर्ष लगाएर निमार्ण गरेका हुन् ।

भब्य र आकर्षक उक्त धामभित्र अत्यन्त कलात्मक र भब्यरुपमा निर्माण गरिएको एकाम्बेश्वर महादेवको चारैतिर पानीको तलाउ र पानीको फोहोरा निर्माण गरिएको छ । ७ बिगाह क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा संसारका सबै हिन्दु देवी, देवताहरुको मुर्ति राखिएको छ ।

मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, खण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक प्रर्दशनी स्थल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक संग्राहलय, धार्मिक पुस्तकालय बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्