व्यवसाय भनेको एउटा दुहुनो गाई हो : अजय कुमार गुप्ता

0
73

रुपन्देही जिल्ला नेपालमा मात्रै नभएर विश्वमै परिचित छ लुम्बिनीको नाम बौद्धकालिन समयमा पनि नेपालमा ईटा प्रयोग भएको सप्रमाण बुद्ध जन्मस्थल परिसरमा रहेका ईटा हो । ईटाको व्यवसाय काम कच्चा काम हो, काँचो ईटा पकाएपछि बलियो हुन्छ तर नपकाउँदै पानी पर्यो भने ठूलो नोक्सानी हुन्छ । माटोबाट बन्ने नपकाउँदा कच्चा र पकाएपछि बिलियो र मजबुत हुन्छ । ईटा व्यवसाय गर्न कच्चा पदार्थ माटो हो, त्यसलाई पूर्ण रुप दिनको लागि चाहिने कामदार र कोइलाको समस्याले व्यवसायीले भोग्नु परेको छ । यसै सेरोफेरोमा रहेर ईटा व्यवसायीका समस्या, राज्यको नीति, उद्योगको अवस्थाको बारेमा लुम्बिनी ईटा उद्योग व्यवसायी संघका महासचिव तथा प्रदेश नम्बर पाँचका सदस्य अजय कुमार गुप्तासँग कुराकानीको अंश-

लुम्बिनी ईटा उद्योग व्यवसायी संघ मा कति व्यवसायीहरु आबद्ध छन् ?

लुम्बिनी ईटा उद्योग व्यवसायी संघमा ५० भन्दा बढी उद्योगी व्यवसायीहरु आवद्ध रहेका छन् । उद्योगमा सदस्य हुँदैमा सबै व्यवसायी हुँदैनन् । तर ईटा व्यवसायीमा जो व्यवसाय गर्छ त्यो नै सदस्य हुन्छ । उद्योग वाणिज्य संघ, उद्योग संघ तथा संगठनहरुमा हेर्ने हो भने कुनै एउटा फर्म दर्ता गरे अनी उसले उद्योगको सदस्यता पाएका छन् । उद्योगमा सदस्य हुनु भन्दा पनि व्यवसाय गरी अगाडि बढेका छन् भन्ने कुरा ठूलोे हो ।

यस संघमा कुन कुन क्षेत्रका व्यवासयीहरु आबद्ध छन् ?

भैरहवा, तिलोत्तमा, सैनामैना, देवदह, लुम्बिनी, मर्चवार, धकधई, क्षेत्रमा रहेका व्यवसायीहरुको संघ लुम्बिनी ईटा व्यवसायी संघ हो । समग्रमा भन्नु पर्दा संघमा रुपन्देही जिल्ला भित्र रहेर व्यवसाय गर्ने व्यक्तिहरु हाम्रो सदस्य हुनुहुन्छ ।

यहाँ उत्पादन भएका ईटाहरु विक्रीका लागि कहाँ जान्छ ?

हाम्रा व्यवसायीहरुले उत्पादन गरेका ईटाहरु रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, नवलपरासी, स्याङ्जा, गुल्मी, पोखरा, काठमाडौं, लगायतका जिल्लामा बिक्रि हुन्छ ।

वर्षाको समय पनि छ, ईटा व्यवसायीलाई व्यवसायमा कस्तो समस्या परेको छ ?

वर्षाको समय हो, ईटा व्यवसाय काँचो माटोको काम हो । बेमौसमी वर्षाले पनि ईटा व्यवसायीलाई लाखौँको नोक्सानी पु¥याएको हुन्छ । काँचो काम भएकाले पानी पर्न सुरु गरे सँगै व्यवसाय गर्न समस्या नै आउँछ । यस वर्ष बैशाख महिना देखि नै पानी पर्न थालेकोले व्यवसाय गर्न समस्या नै भइरहेको छ । वर्षाले गर्दा रुपन्देहीमा ईटाको उत्पादन विगतका वर्षमा भन्दा कम भएको छ । पानीको कारणले मात्रै भन्दा पनि अहिलेको राज्यको नीति र उद्योगी प्रति उनीहरुको सोँच त्यति राम्रो छैन, धेरै टाढा जानु पर्दैन, यही सिद्धार्थ नगरमा विकासको गौरवको आयोजना छन्, यहाँ निर्माण भइरहेका विकासका काममा कुनै पनि वस्तुुको आपूर्ति रुपन्देहीमा हुन सकेको छैन, तर ईटा व्यवसायीहरुले आत्मनिर्भर हुने गरी व्यसाय गरेको र उत्पादन पनि गरेको छ । यहाँ एडिबीको ठूलो लगानीमा ढल तथा नाली निर्माण भएको छ तर विकासको काममा यहाँको ईटा प्रयोग भएको छैन ।

बुद्धको समयमा पनि रुपन्देहीमा ईटा प्रयोग भएको थियो जुन ईटा अहिले विश्वमा चर्चित पनि छ, रुपन्देहीको ईटा विश्वमा चर्चित हुँदा समेत यहाँका ईटा व्यवसायीले उत्पादन गरेको ईटा अहिले विकास निर्माणका काममा प्रयोग भएको छैन । स्थानीय सरकारले हाम्रो उत्पादनलाई खपत हुन पहल गर्नु पर्नेमा राज्य पक्षले वेवास्ता गरेको छ । यति ठूलो विकास निर्माणका काम भइरहँदा कच्चा पर्दाको रुपमा ढुङ्गा प्रयोग भइरहेको छ । नेपालमा जब भूकम्प गयो त्यस बेला देखि नेपाल सरकारले ढुङ्गाको जडान कच्चा जडान भएको छ, ढुङ्गा जडान भएर बनेका संरचनाबाट ठूूलो क्षति भयो भनेको छ तर गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धार्थनगरमा एडिबीले गरेको लगानीमा रुपन्देहीको ईटाले प्राथमिकता पाउन सकेन भने व्यवसायीलाई कस्ता समस्या आउँछन् सबैले जानेबुझेकै कुुरा हो ।

जनतालाई आफ्नै भवन बनाउन समेत नदिएको चुरे क्षेत्रको भस्कड ल्याएर अहिले धमाधम विकासको काम भइहेको छ । भस्कडको जडान कम्सल हुन्छ भन्ने थहा हुँदा हुँदै पनि निर्माणका काम भइरहेका छन्, रुपन्देहीका ईटा व्यवसायीलाई राज्यले कुन रुपमा हेरेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

राज्यले ईटा व्यवसायीलाई कुन रुपमा हेरेको पाउनु भएको छ ?

राज्यले उद्योगी भन्नासाथ उनीहरुले राज्यलाई कर तिरिरहनु पर्छ । व्यवसाय भनेको एउटा दुहुनो गाई हो । जसरी गाईको दूधकालागि जति स्याहार तथा आहार आवस्यक हुन्छ, व्यवसाय पनि त्यस्तै हो । व्यवसायीलाई राज्य कर असुल्ने तर कुनै पनि सुविधा नदिने गरेको छ । छिमेकी मुलुक भारतमा १ लाख १९ हजार ईटा व्यवसायी छन् तर त्यहाँ भ्याट लगाइएको छैन, हाम्रो ईटा उद्योगमा भ्याट लगाएको छ । जनतासँग कर लगाएर राज्यसत्ताले तलब र भत्ता खाने काम गरिरहेका छन् ।

तपाई लुम्बिनी ईटा व्यवसायी संघको महासचिव हुनुहुन्छ, राज्यले ईटा व्यवसायीलाई के गरे हुन्थ्यो जस्तो लाग्छ ?

भूकम्प गएपछि चिम्नी भत्कियो, त्यतिबेला देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्योगलाई प्रोत्साहन गर्नु पर्छ भन्ने कुरा राज्यले उठायो तर कार्यान्वयनमा भने ठीक विपरित रहेर कर लगायो । ईटा व्यवसायीलाई राज्यले कच्चा पदार्थ माटो कहाँबाट ल्याउने तोकिदिनु प¥यो । सबै उद्योगलाई राज्यले कच्च पदार्थ उपलब्ध गराएको छ भने आत्मनिर्भर रहेको ईटालाई किन नदिने ? नेपाली युवाहरु खाडीमुलुकमा गएर काम गरिरहेका छन् ईटा व्यवसायीलाई कामदारको समस्या छ, भारतबाट कामदार ल्याएर ईटा व्यवसाय सञ्चालन गर्नु परेको छ । उद्योेगलाई चाहिने कोइलाको पनि समस्या छ । राज्ले माटोमा लगाने कर, गाउँपालिका तथा नगरपालिकाले लगाउने कर कम गरियोस् भन्न चाहन्छु । सबै करहरु कम भयो भने ईटाको मूल्य पनि कम हुन्छ, राज्ले जति कच्चा पदार्थमा कर बढाउँछ त्यतिनै हाम्रो उत्पादन पनि महंगो हुन्छ र जनतालाई खरिदमा पनि महंगो हुन जान्छ । जसले गर्दा उद्योग पनि धरासायी हुने स्थिति आउँछ, त्यसैले स्थानीय सरकार, प्रदेश सरकारले व्यवसायीलाई सहज हुने कार्यमा अगाडि बढ्नु पर्छ ।

करले गर्दा महंगो भयो पनि भन्नुभयो, उता सर्वसाधारणहरुले ईटा व्यवायीले मनपरि मूल्य राखेका छन् भन्ने कुराहरु पनि आइरहेका छन् ? लुम्बिनी ईटा व्यवसायीले ईटाको मूल्य निर्धारण गरेको छ कि छैन ?

संघको उद्देश्य पुलको काम हो । राज्यलाई कर तिरेर सहयोग गर्ने र उद्योगीलाई आइपर्ने समस्यालाई सरकार समक्ष जानकारी गराई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्ने हो । जनतालाई उपभोग्य वस्तु सहुलीयतमा दिने प्रयास गर्दछ । भारतमा प्रति इटाको मूल्य ११ रुपैँया छ, हामीलाई कोइलाको समस्या, कामदारको समस्या, भारतीय पैसाको समस्या हुँदा हुँदै पनि राज्यलाई कर तिरेर पनि उद्योग मूल्य १३ रुपैँया तोकेका छौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हाम्रो देशको नेपाली उद्योगीले देशलाई पूर्ण रुपले आत्मनिर्भर बनाउ सफल भएको ईटा व्यवसाय हो । सरकारले विकास निर्माणका काममा आफ्नै उत्पादनलाई प्रयोग गरेर भौतिक संरचना निर्माण गर्नु पर्छ । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्