म्यानचेस्टर युनाइटेडले टोटेनहमलाई हरायो

0
20

एइंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड लिगको पाँचौ स्थानमा रहेको आर्सनलसँग अंक बराबरी गरेको छ।

टोटेनह्यमको घरेलु मैदानमा गए राति म्यानचेस्टर युनाइटेडले १–० ले हराउँदै लिगमा पाँचौ स्थानमा उक्लिएको हो।

युनाइटेडलाई जिताउन मार्कुस रासफोर्डले निर्णायक गोल गरे।

टोटेनहमको घरेलु मैदान वेम्वलीमा भएको अत्यान्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा रासफोर्डले पल पोग्वाको लामो पासमा गोल गरेका हुन्।

पहिलो हाफमै एक गोलले पछि परेको घरेलु टोलीले युनाइटेडलाई दवावमा राखे पनि गोल गर्न नसक्दा लिगमा हार बेहोर्न पुग्यो। यो सँगै टोटनह्यामले गिगमा दोस्रो स्थानमा उक्लने मौका पनि गुमायो।

अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजर नियुक्त भएसँगै युनाइटेडको यो लगातार छैठौं जित हो। युनाइटेडले यसअघि कार्डिफ सिटी, हडर्सफिल्ड, बर्नमाउथ, न्यु क्यासल र रेडिङलाई हराएको थियो।

जितसँगै युनाइटेडले २२ खेलबाट ४१ अंक जोडेर पाँचौ स्थानमा रहेको आर्सनलसँगको अंक बराबरी गरेको हो। युनाइटेडसँग पराजित भएको टोटेनहम ४८ अंकसहति तेस्रो स्थानमा यथावत छ।

लिगमा २२ खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा कायमै रहँदा दोस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीको ५० अंक छ। चेल्सी ४७ अंकसहित चौथो स्थानमा रहँदा ४१ अंकसहित आर्सनल युनाइटेडसँगै समान पाँचौ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्