बसपार्क क्षेत्रबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नियन्त्रणमा, अधिकांश २० वर्षमुनीका

0
87

काठमाडौं । प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको छ । पक्राउ पर्नेहरु प्रायः केटीहरु सबै २० वर्षमुनीका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्