क्रिकेट खेल्दा खेल्दै एक भारतीय खेलाडीको मृत्यु

0
25

क्रिकेट खेल्दा खेल्दै एक खेलाडीको ज्यान गएको छ। रन लिने क्रममा एक भारतीय क्रिकेटरको हर्टअट्याकको कारण ज्यान गएको हो।

खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे। तब उनी मैदानमा ढलेका थिए। यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको भारतीय मिडियाहरूले जनाएका छन्।

गोवाका पूर्व रणजी क्रिकेटर ४६ वर्षिय राजेश घोडगे आइतबार दक्षिण गोवामा भइरहेको एक प्रतियोगितामा रन लिए लगत्तै मैदानमै ढलेका थिए।

प्रतिक्रिया दिनुहोस्