अन्तर्राष्ट्रिय नेेपाली मुस्लिम समाज साउदी अरबको प्रथम ऐतिहासिक समुद्घाटन कार्यक्रम सम्पन्न

0
41

रियाद,  साउदी अरब । विश्वका विभिन्न क्षेत्रहरूमा छरिएर रहेका नेपाली मुस्लिमहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय मुस्लिम समाजको साउदी अरबमा पनि स्थापना र राष्ट्रिय समन्वय समिती गठन कार्यक्रम समापन भएको छ ।

गत ४ जनवरी २०१९ शुक्रबार का दिन साउदी अरबको रियाद पारागन होटल मा गरिएको उक्त कार्यक्रम बिभिन्न क्षेत्रहरुमा छरिएर रहनु भएका  अनगिन्ति नेपाली मुस्लिमहरुलाई मध्यनजर गर्दै  मुस्लिम बर्गहरुको आफ्नै पहिचान र एकता तथा स्वदेश तथा बिदेशी भूमिमा रहेका श्रमिक नेपाली दाजुभाईको समस्यामा धेरै-थोरै  भएपनि मल्हम लगाउऩे र आफ्नो देश नेपालको समृद्धि बिकाशका लागि एकबद्द हुने उद्देश्यले संस्था स्थापित गर्न गरिएको उक्त कार्यक्रम साउदीका सामजिक अभियन्ता,समाजसेवी तथा एक सफल व्यावसायि राजु सैय्यद ज्यु को सभापतित्वमा भएको थियो।

साउदीका संयोजक रम्जानदिन मियाँद्वारा संचालित कार्यक्रममा अमानुल्लाह मन्सुरले प्रमुख अतिथिको, र सेख अब्दुर रहिम मदनी,सेख मुस्ताक मदनी, निसारुल हक,सेख नेक महम्मद, सेख जमिर अब्बास मदनी ज्यु हरुले अतिथिको आशन ग्रहण गर्नु भएको थियो ।

कुरानको पाठ गरि सुरु भएको कार्यक्रममा सल्मान जिरेल, फिरोज राइनद्वारा गाइएको राष्ट्रिय गान सङै सभापति तथा अतिथिहरुद्वारा ब्यानर खोली कार्यक्रम उद्घाटन गरेपछि, रफि मियाँले स्वागत मन्तव्य दिएका थिए । उपस्थित सबैले  आ आफ्नो परिचय दिए पछि अन्तर्राष्ट्रिय मुस्लिम समाजका अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर मोहम्मद रमजान बाबू ज्यु ले पठाउनु भएको शुभकामना संदेश एवं संस्थाको उद्देश्य लगायत अन्य  सन्देश कार्यक्रम  संचालक रम्जान दिन मियाँले पडेर सुनाए पछि पहिलो चरणको कार्यक्रम समाप्त भएको थियो ।

बन्दसत्र को घोषणा गर्दै सुरु भएको दोश्रो चरणको कार्यक्रम राजु सैयद ज्यु को संरक्षकत्व र मोहम्मद जैनुल अब्दिन ज्युको अध्यक्षतामा २५ सदस्य समितिको चयन गरिएको थियो ।

कार्यक्रममा नव निर्वाचित  अध्यक्ष मोहम्मद जैनुल अब्दिन द्वारा नव निर्वाचित पदाधिकारीहरुलाइ बधाई दिदै  संस्थाका उद्देश्य हरुको बृस्तित जानकारी गराउदै यो संस्थालाइ सफलता गराउन साउदीमा छरिएर रहेका सम्पुर्ण नेपाली मुस्लिम दाजुभाइ एकजुट भएर लाग्न र सहयोग गर्न पनि अनुरोध गर्नु भयो ।

 

कार्यक्रममा नुरुल जमा अन्सारी, सल्मान जिरेल, इब्राहिम शर्मा, तथा अतिथिहरु मुस्ताक मदनी, अब्दुर रहिम मदनी, नेक महम्मद, जमिर अब्बास मदनी, तथा प्रमुख अतिथि अमानुल्लाह मनसुर ज्यु हरु द्वारा मन्तव्य दिदै हाम्रो लागि यो संस्था अतिनै महत्त्वपूर्ण रहेको र यसको स्थापना ले सबैमा खुशी छाएको, विभिन्न भुभागमा रहनु हुने मुस्लिम बर्ग इखलास का साथ एकताबद्ध  हुनु जरुरी रहेकोले यो संस्थाले सबै मुस्लिम बर्गलाइ एकताको डोरिमा बाध्ने र नेपालको बिकासमा तथा आफ्ना हक अधिकारलाई सुरक्षीत गर्न मद्धत गर्ने बिश्वास का साथ संस्थालाई उच्च बिन्दुमा पुर्याउन सकेको सहयोग गर्ने बक्तब्य जाहेर गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति राजु सैय्यद ज्यु ले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद र नव निर्वाचित सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना  दिदै संस्थालाई कुनै फिर्काबाट टाढा रहेर  विवादित रहित बनाइ सबैजना एकजुट हुने र संस्थाको उद्देश्यअनुसार संस्थालाई गगनचुमी बिन्दुमा पुर्याउन साथ सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।  कार्यक्रममा नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सभापतिद्वारा सपत ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्