अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको स्थापना

0
38

रियाद, साउदी अरब – गत ४ जनवरी २०१९ शुक्रबार का दिन साउदी अरब को राजधानी रियाद स्थित मुस्लिम समुदायले रियाद बथाह प्यारागन होटलमा  एक कार्यक्रम गरि  मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा २५ सदस्यीय समितिको गठन गर्दै अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना गरेको छ ।

सबैमाझ चिरपरिचित, समाजसेवी, सकृय समाजिक अभियन्ता तथा साउदी अरबका सफल ब्यबसायी राजु सैय्यद ज्युको संरक्षकत्व मा २५ सदस्यीय समिति गठन भएको छ । समितीमा  अध्यक्षमा  मोहम्मद जैनुल अब्दिन,

वरिष्ठ उपाध्यक्षमा चाँद मोहम्मद,

उपाध्यक्षहरुमा मुस्ताक मदनी , इब्राहिम शर्मा, (जेद्दा, मदिना बाट पछि थपिने छ )

महासचिबमा रम्जान दिन मियाँ,

सचिबमा रफि मियाँ,

कोषाध्यक्षमा इख्लाक ,

सह -कोषाध्यक्षमा नुरुल जमा अन्सारी,

युवा संयोजकमा एह्सानुल्लाह मियाँ,

प्रबक्तामा सलमान जिरेल,

सदस्यहरूमा  इब्राहिम मियाँ, मोहम्मद अब्दुल, फिरोज , इसा राइन,सहिद दिन मियाँ, अयुब खान, फिरोज राइन, हरु निर्वाचित भएका छन भने र बाकिँ सदस्य हरु बाकी क्षेत्रहरू मक्का,मदिना, तबुक,र हाइल बाट पुर्ण  गरिने छ ।

यसका साथ साथै सल्लाहकार परिषदमा यस संस्थाको प्रमुख सल्लाहकारमा अन्तर्राष्ट्रिय महिला अधिकार अभियान्ता यास्मिन बेगम , वरिष्ठ सल्लाहकारमा सेख जमिर अब्बास मदनी,अमानुल्लाह मन्सुर, अब्रार अहमद,  सेख जुबेर, मोहम्मद अब्बास, नेक मोहम्मद, सेख मुजिबुर रहमान, सेख सनउल्लाह, इस्माइल राना मगर, अहमद भन्डारी, सेख सलिम, मनोनीत हुनु भएको छ ।

राजु सैय्यद को सभापतित्वमा भएको उक्त कार्यक्रममा अमानुल्लाह मन्सुरले प्रमुख अतिथिको, र सेख अब्दुर रहिम मदनी,सेख मुस्ताक मदनी, निसारुल हक,सेख नेक महम्मद, सेख जमिर अब्बास मदनी ज्यु हरुले अतिथिको आशन ग्रहण गर्नु भएको थियो भने रम्जान दिन मियाँ ले कार्यक्रम संचालन गरेका थिए।

कुरानको पाठ तथा राष्ट्रिय गान बाट सुरु भएको उक्त कार्यक्रममा रफि मियाँले स्वागत मन्तव्य दिएका थिए । साउदीका विभिन्न क्षेत्रहरू(दम्माम,खोबर,जुबेल,अल कासिम, रियाद) बाट उपस्थिति रहेको उक्त   कार्यक्रममा नव निर्वाचित  अध्यक्ष मोहम्मद जैनुल अब्दिन द्वारा नव निर्वाचित पदाधिकारीहरुलाइ बधाई दिदै  संस्थाका उद्देश्य हरुको बृस्तित जानकारी गराउदै यो संस्थालाइ सफलता गराउन साउदीमा छरिएर रहेका सम्पुर्ण नेपाली मुस्लिम दाजुभाइ एकजुट भएर लाग्न र सहयोग गर्न पनि अनुरोध गर्नु भयो ।

कार्यक्रममा नुरुल जमा अन्सारी, सल्मान जिरेल, इब्राहिम शर्मा, तथा अतिथिहरु मुस्ताक मदनी, अब्दुर रहिम मदनी, नेक महम्मद, जमिर अब्बास मदनी, तथा प्रमुख अतिथि अमानुल्लाह मनसुर ज्यु हरु द्वारा मन्तव्य दिदै हाम्रो लागि यो संस्था अतिनै महत्त्वपूर्ण रहेको र यसको स्थापना ले सबैमा खुशी छाएको, विभिन्न भुभागमा रहनु हुने मुस्लिम बर्ग इखलास का साथ एकताबद्ध  हुनु जरुरी रहेकोले यो संस्थाले सबै मुस्लिम बर्गलाइ एकताको डोरिमा बाध्ने र नेपालको बिकासमा तथा आफ्ना हक अधिकारलाई सुरक्षीत गर्न मद्धत गर्ने बिश्वास का साथ संस्थालाई उच्च बिन्दुमा पुर्याउन सकेको सहयोग गर्ने बक्तब्य जाहेर गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति राजु सैय्यद ज्यु ले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद र नव निर्वाचित सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना  दिदै संस्थालाई कुनै पनि गुट उपगुटको पछाडि नलागी र त्यसता कार्य हरुबाट टाढा रहेर  विवादित रहित बनाइ सबैजना एकजुट हुने र संस्थाको उद्देश्यअनुसार संस्थालाई गगनचुमी बिन्दुमा पुर्याउन साथ सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दै र चयन हुने कार्य समिति लाई पद तथा गोपनियताको सपथ गराउदै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो। कार्यक्रममा नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सभापतिद्वारा सपत ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्