उतिमलाल यादव उमेरले ५० वर्षका भए । सिराहाका उतिमको जवानी विदेशमा काम गर्दागर्दै ढल्कियो । उनलाई अब आफ्नो भन्दा बढी पीर लाठे भएका छोराहरुको छ । छोराहरुलाई आफूजस्तै विदेशमा नोकरीमा लागि जान नपरोस् भनेर उनी सरकारबाट ऋण लिन चाहन्छन् ।
उनीजस्तै झण्डै १८ हजारभन्दा बढी युवाले सरकारसँग निवेदन नै दिएर ऋण मागेका छन् । सरकारले विदेशबाट रोजगारी गरेर फर्किएका युवालाई विना धितो ऋण दिने भनेपछि ऋणीको सूचीमा सामेल हुन धेरैजना नयाँ बानेश्वरस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा टन्टलापुर घाममा लाइनमा उभिएका छन् ।
सोमबार उतिमसँगै २ हजार हजारभन्दा बढी युवा पनि यहाँ लामबद्ध भेटिए ।
प्रतिक्रिया दिनुहोस्