Home » ५६.११ अंकले बढ्याे मंगलबार नेप्से परिसूचक ।

५६.११ अंकले बढ्याे मंगलबार नेप्से परिसूचक ।

by newnagarikdiary
0 comment

५६.११ अंकले बढ्याे मंगलबार नेप्से परिसूचक ।

मंगलबार २.९९ प्रतिशतले बढेर नेप्से परिसुचक १९३०.९९ बिन्दुमा पुगेकाे छ | २३१ वटा धितोपत्रको १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। लाभांशको सिजन चलिरहेको, वाणिज्य बैंकहरूको प्रथम त्रैमासिक रिपोर्ट औसतमा राम्रो आएको तथा बैंकहरूको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा भएसँगै नेप्सेमा सुधार देखिएको छ।

मंगलबार न्यादी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य २८८ रुपैयाँ २० पैसामा बन्द भएको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री एनआइसी एशिया बैंकको भएको छ। कम्पनीको ६९५ रुपैयाँमा ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त बैंकको ८३५ रुपैयाँमा ५ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ५.२८ प्रतिशतले बढेको छ।

Related Articles

Leave a Comment