Home » २४ जनाको शव पोखरामै हस्तान्तरण,४८ जनाको शव काठमाडौं टिचिङमा हस्तान्तरण

२४ जनाको शव पोखरामै हस्तान्तरण,४८ जनाको शव काठमाडौं टिचिङमा हस्तान्तरण

by newnagarikdiary
0 comment

दुर्घटना घटेको ३ दिनको दिन पहिलो चरणमा २५ जनाको शव पोखराबाट काठमाडौँ ल्याइएको छ । पोखराबाट सेनाको एमआई–१७ हेलिकप्टरले शवहरु काठमाडौँ लिएर आएको हो ।

आईतबार यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याईपुर्याईएको छ । दुर्घटना घटेको ३ दिनको दिन पहिलो चरणमा २५ जनाको शव पोखराबाट सेनाको एमआई–१७ हेलिकप्टरले शवहरु काठमाडौँ लिएर आएको हो । यसअघि महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा हेलिकोप्टर अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केिएको थियो । विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमामा पोष्टरमार्टमका लागि पुर्याईएको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौँ ल्याईएको हो । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ । २४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गर्ने क्रम जारी छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ । विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने छ ।दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले बताएको छ ।

४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो । काठमाडौं ल्याईएका मृतकको शव लिनका लागि आफन्तलाई काठमाडौंमै जान सम्बन्धित प्रशासनले आग्रह पनि गरेको छ ।

त्रिभुवन पौडेल,निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा। गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सिता गुरुङ ,जमुना शर्मा ,बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङ गरि २४ जनाको शब पोखरामै बुझाउने क्रम छ । चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं ल्याई डिएनए टेष्ट गरि बुझाउने नेपाल नागरिक उड्डययन प्राधिकरणले बताएको छ ।

Related Articles

Leave a Comment