Home » हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने – पर्यटनमन्त्री किराती

हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने – पर्यटनमन्त्री किराती

by newnagarikdiary
0 comment

नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् ।

मंगलबार सपथग्रहण पश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् । मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो त्यसको कमजोरी के हो भनेर छानविन गर्ने जानकारी दिए ।

उनले काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरुलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन समेत दिए ।

Related Articles

Leave a Comment