Home » स्वास्थ्य मन्त्री गिरि र डब्लुएचओका महिनिर्देशक बिच भेटवार्ता

स्वास्थ्य मन्त्री गिरि र डब्लुएचओका महिनिर्देशक बिच भेटवार्ता

by newnagarikdiary
0 comment

स्वास्थ्य मन्त्री गिरि र डब्लुएचओका महिनिर्देशक बिच भेटवार्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।

विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका गिरिले भेटमा विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए ।

विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम, निवारण र उन्मूलनमा खेलेको भूमिकाको मन्त्री गिरीले प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।

साथै मातृ शिशु स्वास्थ्य, २०७२ सालको भूकम्प, हैजाको प्रकोप, कोभिड कोभिडविरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले सह्रानीय भूमिका खेलेको मन्त्री गिरीले बताएका थिए ।

Related Articles

Leave a Comment