Home » सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा क्यान छलफल गर्दै

सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा क्यान छलफल गर्दै

by newnagarikdiary
0 comment

नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्षले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् । बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।

Related Articles

Leave a Comment