Home » सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने

सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने

by newnagarikdiary
0 comment

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको मुद्धाको सुनुवाई बन्द इजलासमा हुने भएको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो । नाबालिक बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि सन्दीपका वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए । लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था छ ।

Related Articles

Leave a Comment