Home » सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकियो निर्णय पर्खाईमा !

सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकियो निर्णय पर्खाईमा !

by newnagarikdiary
0 comment

क्रिकेटर सन्दीप लामिछानेको निवेदनमा पाटन उच्च अदालतमा सुनुवाइ सकिएको छ ।

यसअघि ३ पटक पेशी चढे पनि सुनवा‍इ हुन नसकेको निवेदनमा बिहीबार सुनुवाइ सकिएको छ । सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेपछी उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्।

लामिछानेको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो । पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ।

सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ।

Related Articles

Leave a Comment