Home » सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने

सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने

by newnagarikdiary
0 comment

सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमती गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजक बनाईएको छ । जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिनुभएको छ । न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ । उहाँले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनु भयो ।

सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम तय गर्ने, ५ दिनभित्र न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्युनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्युलाई अघि बढाउने नर्णय भयो । मन्त्रीमण्डल बिस्तारका विषयमा छलफल भयो । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’ गृहमन्त्री लामिछानेले बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्नेकुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताउनु भएको छ ।
‘उद्देश्य प्राप्तिका लागि न्यूनतम् साझा कार्यक्रम बनाएर हामी के का लागि सरकारमा छौ भन्ने कुरा तय गर्ने हो । त्यो तय गर्नका लागि संयन्त्र बनाएका हौ । त्यसमा उहाँहरूका एजेन्डा समावेश हुनेछन्’अन्य दलको समर्थनबारे सोधिएको प्रश्नमा मन्त्री लामिछानेको भनाइ छ ।

Related Articles

Leave a Comment