Home » सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगाए

सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगाए

by newnagarikdiary
0 comment

सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डाको टुंगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृतवसहित सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगाएको छ ।

सोमबार नियुक्त हुने मन्त्रिपरिषद्को आजै शपथ हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आज १ बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भइसकेको छ ।

यो सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ ।

प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।

Related Articles

Leave a Comment