Home » संसद सचिवालयको सचिवमा डा.रोजनाथ पाण्डेको बढुवा

संसद सचिवालयको सचिवमा डा.रोजनाथ पाण्डेको बढुवा

by newnagarikdiary
0 comment

सङ्घीय संसद् सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बुधवार बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा रहेका थिए ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गरेका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिव भएका थिए ।

Related Articles

Leave a Comment