Home » संघिय संसदमा सभामुखमा चयनको लागि प्रक्रिया सुरु

संघिय संसदमा सभामुखमा चयनको लागि प्रक्रिया सुरु

by newnagarikdiary
0 comment

संघिय संसदमा सभामुखमा चयनको लागि प्रक्रिया अगाडी बढेको छ ।

नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र सत्तागठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले बुधवार मनोनयन दर्ता गराएका हुन् । सुरुमा एमालेका सांसद घिमिरेले मनोनयन दर्ता गराउनुभएको थियो । त्यसपछि कांग्रेसकी न्यौपानेले मनोनयन दर्ता गराएकी हुन् । उम्मेद्वार देवराज घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । घिमिरेलाई सत्तागठबन्धन दलको बहुमत सहितको समर्थन रहेको छ ।

उम्मेदवार न्यौपानेको प्रस्तावकमा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका न्यौपानेलाई यस्तै, उनलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ ।

निर्वाचनमार्फत संघिय संसदको सभामुख आज छनोट हुनेछ ।

Related Articles

Leave a Comment