Home » शुक्रवार प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

शुक्रवार प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

by newnagarikdiary
0 comment

प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
आइतवार मात्रै ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ । भागवण्डा गर्दा प्रदेश १ को नेतृत्व पाँच वर्ष नै एमाले गर्ने सहमति भएपनि माओवादी केन्द्रले भने असन्तुष्टि जनाएको छ । तर मुख्यमन्त्री कार्कीलाई राप्रपा र जसपाको समर्थन हुदा उनको बहुमत नै छ । प्रदेश १ को सभामुखको निर्वाचन बिहीबार हुँदैछ । त समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन् ।

Related Articles

Leave a Comment